काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १ सय ६ जनाको मृत्यु भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा १०६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ। २४ घण्टामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी २० हजार ४१४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट ६ हजार ७३१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ५७८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो।