व्यासले नगर अस्पताल निर्माण गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासले नगर अस्पताल निर्माण गर्ने

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०७८, बिहीबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले नगर स्तरीय अस्पताल निर्माण गर्ने भएको छ । नगरपालिका मातहत सुविधासम्पन्न अस्पताल नहुँदा चुनौति आएको महशुस गर्दै नगरपालिकाले अस्पताल निर्माण गर्ने भएको हो ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार सम्पन्न नियमित बैठकले नेपाल सरकार, प्रदेश सरकार एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई समेत आकर्षित गर्ने गरी तत्काल अस्पताल निर्माणका लागि प्रकृया अगाडी बढाउने निर्णय गरेको छ ।

    विगत एक वर्षदेखि कोभिडको महामारीका कारण सिङ्गो मानव समुदाय आक्रान्त भइरहेको अवस्थामा नगरपालिकामा पनि अधिकतम असर देखिएको छ । यसको रोकथाम, नियन्त्रण एवं उपचारका लागि नगरपालिका मातहत सुविधा सम्पन्न अस्पताल नहुँदा समस्या हुँदै आइरहेको नगरपालिकाले जनाएको छ ।

    विगतमा नेपाल सरकारबाट अस्पतालको कोटा वितरण गर्दा यस पालिकाको प्रभाव क्षेत्रभित्र दमौली बजारमा नै अस्पताल रहेका कारण यस नगरपालिका प्राथमिकतामा नपरेको साथै कोभिड–१९ नै विभिन्न भेरियन्टमा दोहोरिँदै आएको अवस्थामा नगर अस्पतालको आवश्यकता खड्किएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । “विभिन्न सहयोग दाताहरुलाई समेत आकर्षण गर्ने गरी तत्काल अस्पताल निमाण गर्ने तर्फ आवश्यक प्रकृया अगाडि बढाउने निर्णय गरेका छौ,” न्यौपानेले भन्नुभयो ।

    बैठकले नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेको स्थानीय तहहरुको विपद् सम्बन्धी आधिकारीक रिपोर्टिङ प्रणालीमा यस स्थानीय तहको कोभिड–१९ को सङ्कट सम्बन्धी विवरण अद्यावधिक गरी यथा समयमा नै सम्बन्धित निकायहरुमा रिपोर्टिङ गर्न सूचना प्रविधि अधिकृत विशाल पण्डितलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।