लायन्सले दियो देवघाटलाई अक्सिजन कन्सन्ट्रेटर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्सले दियो देवघाटलाई अक्सिजन कन्सन्ट्रेटर

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०७८, बिहीबार

    देवघाट : देवघाट गाउँपालिकाको स्वास्थ शाखालाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ वि २ नेपाल एरिया घ ले एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । क्लबका डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा मगरलाई उक्त कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।


    अध्यक्ष थापाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि सबैको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले देवघाटलाई कोरोनाबाट बचाउन सचेतनामुलक सामाग्रीको माईकिङ्ग गर्ने, ब्यानर टाँस्ने गरेको बताउनुभयो । उहाँले देवघाट प्रवेश नाकामा कडाई गरि गाउँपालिकाबासीलाई सुरक्षित राख्नको लागि निरन्तर लागेको उल्लेख गर्नुभयो । साथै उहाँले लायन्सको सहयोगप्रति धन्यवाद प्रकट गर्नुभएको छ ।


    क्लबका डिष्ट्रिक गभर्नर भट्टले कोरोना भाइरस संक्रमणका कारण जटिल अवस्थामा पुगेका बिरामीको उपचारमा सघाउन अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताउनुभयो । उहाँले लायन्सले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री, स्वास्थ्य उपकरण वितरण गरिरहेको जानकारी दिनुभयो ।