तनहुँमा नदीको सतह ‘खतरामुक्त’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा नदीको सतह ‘खतरामुक्त’

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०७८, शुक्रबार

    तनहुँ : बिहीबारदेखि देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको छ । शनिबारसम्म वर्षा हुने भएकाले सतर्क हुन सरकारले आग्रह गरेको छ ।

    पश्चिम बङ्गालखाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रपातका कारण जिल्लामा पनि धेरै पानी पर्न सक्ने सम्भावना भएकाले जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले बाढीपहिरो र डुवान हुने क्षेत्रमा नजान, नदी र खोलाहरुमा माछा मार्ने लगायतका कार्य नगर्न, सेतीमादी लगायत अन्य खोलाको छेउछाउमा नजान आग्रह गरेको छ ।

    तनहुँमा शुक्रबार बिहानसम्म मादी नदीको सतह ‘खतरामुक्त’ छ । बाढी पूर्वानुमान शाखाका अनुसार तनहुँका नदीको सतह खतरामुनि नै छ । शुक्रबार बिहान १० बजे शिशाघाट क्षेत्रमा गरिएको मापन अनुसार नदीको सतह खतरामुनि रहेको जनाइएको छ ।