प्रधानन्यायाधीश जबरा र यी ४ न्यायाधीश समेटेर बन्यो संवैधानिक इजलास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानन्यायाधीश जबरा र यी ४ न्यायाधीश समेटेर बन्यो संवैधानिक इजलास

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०७८, शुक्रबार

    काठमाडाै : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन भएको छ ।

    प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठलाई समेटेर संवैधानिक इजलास गठन गर्नुभएकाे हाे ।

    प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आजदेखि बहस शुरू हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइको माग गर्दै दर्ता भएका ११ तथा संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिमा प्रक्रिया नपुगेको भन्दै परेका अन्य १९ रिटमाथि संवैधानिक इजलासमा बहस हुन लागेको हो ।

    प्रधानन्यायाधीश जबराको एकल इजलासले बिहीवार प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तिमा प्रक्रिया नपुगेको भन्दै परेका रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । अब पाँचजना न्यायाधीश रहेको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । 

    यसअघि गत वर्षको पुस महिनामा प्रतिनिधि सभा विघटन हुँदा जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, हरिकृष्ण कार्की, अनिल सिन्हा र तेजबहादुर केसी सहितको इजलास गठन भएको थियो ।