मिर्गाैला पीडितको उपचारका लागि रु १६ लाख हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिर्गाैला पीडितको उपचारका लागि रु १६ लाख हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०७८, शुक्रबार

    दमाैली : व्यास नगरपालिका–१ हाइस्कूलटारस्थित नवयुवा क्लवको सक्रियतामा सङ्कलन भएको रकम मिर्गौला पीडितलाई हस्तान्तरण गरिएको छ । सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङको उपचारका लागि क्लवले सङ्कलन गरेको रु १६ लाख १५ हजार एक सय ५० हस्तान्तरण गरिएको हो ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मिगौला पीडितका ठूलोआमाका छोरा सन्त तामाङलाई उक्त रकमको चेक शुक्रबार हस्तान्तरण गर्नुभएको छ । मिर्गौला पीडित आशमायाको हाल काठमाडौमा उपचार भइरहेको छ ।

    क्लवले टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, विभिन्न सङ्घसंस्था तथा विदेशमा रहेका शुभचिन्तकहरुबाट उक्त रकम सङ्कलन गरेको नवयुवा क्लवका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो ।

    चेक हस्तान्तरण गर्दै नगरप्रमुख नयौपानेले एउटा युवा क्लवले यति ठूलो रकम सङ्कलन गरेर सहयोग गरेकामा प्रशंसा गर्नुभयो ।