दुलेगौँडा : लगातार केही दिनदेखी परेको बर्षातको कारण पहिरो खस्दा तनहुृँमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ बर्षीया सरस्वती घर्ती रहनुभएको छ ।
गएराती १ बजे घर पछाडीको ठुलो ढुंगा खसेर घर भत्किदा पहिरोमा च्यापिएर वृद्धा घाईते भएको वडाध्यक्ष खरसिं दरैले बताउनुभयो । ‘त्यहाँबाट उद्धार गरेर अस्पताल लैजादा बाटोमै मृत्यु भएको हो’, उहाँले भन्नुभयो ।
बृद्धासहित ५ जनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य ४ जना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिनुभयो । ४ जना शकुसल रहनुभएको छ । घरको पछाडी पट्टीको भाग पुर्ण रुपमा क्षति पुगेको छ । प्रतिकात्मक तस्बिर