दमाैली : कोभिड–१९ को जोखिमका कारण बन्द भएको व्यास नगरपालिका र वडा कार्यालय खुल्ने भएको छ । गत वैशाख २६ गते नगरपालिकाको मुख्य कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएकामा आइतबारदेखि कार्यालय खोल्ने निर्णय भएको हो ।
आर्थिक वर्ष ०७८÷७९ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा लगायत कार्यालयका आन्तरिक कार्य सञ्चालनका लागि सीमित कर्मचारी परिचालन गरी आइतबारदेखि कार्यालय खोल्ने निर्णय भएको शाखा अधिकृत एवं प्रवक्ता मेघनाथ आचार्यले जानकारी दिनुभयो ।
नगरपालिका क्षेत्रभित्र सञ्चालित निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु मार्फत पिसिआर तथा एन्टिजेन गरिएका व्यक्तिहरुको विवरण तथा परीक्षणको नतिजा समयमानै कार्यालयलाई प्राप्त हुन नसक्दा काेभिड नियन्त्रणमा समस्या भएकाले समयमा नै रिपाेर्ट उपलब्ध गराउन सूचित गरिएकाे छ ।