कोरोना सङ्क्रमण : तनहुँका थप तीनको मृत्यु, ६४ सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण : तनहुँका थप तीनको मृत्यु, ६४ सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७८, शनिबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप तीन जनाको मृत्यु भएको छ । शुक्लागण्डकीका दुई र व्यास नगरपालिकाका एक सङ्क्रमितको पोखरामा मृत्यु भएको हो ।

    शुक्लागण्डकी–५ का ५८ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    शुक्लागण्डकी–८ की ५३ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा जेठ ९ गते सङ्क्रमण पुष्टि भएको थियो ।

    व्यास–७ का ५० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा जेठ ४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    ६४ सङ्क्रमित थपिए

    यसैगरी तनहुँमा शनिबार ६४ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये २५ महिला र ३९ पुरुष छन् ।