बजेट भाषण : व्यासको चिन्तुटारमा औद्योगिक क्षेत्र, आँबुखैरेनीमा तामाखानी सम्भाव्यता अध्ययन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बजेट भाषण : व्यासको चिन्तुटारमा औद्योगिक क्षेत्र, आँबुखैरेनीमा तामाखानी सम्भाव्यता अध्ययन

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७८, शनिबार

    तनहुँ : सरकारले तनहुँको व्यास नगरपालिका–५ चिन्तुटारमा औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले चिन्तुटारमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गर्नुभएको हो ।

    औद्योगिक क्षेत्र निर्माणका लागि आगामी वर्ष सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढाउने र पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गरिने पौडेलले बताउनुभयो ।

    यसैगरी आँबुखैरेनीमा तामाखानीको सम्भाव्यता अध्ययन गरी उत्खनन् गरिने पौडेलले बताउनुभयो ।