जेसीआई व्यास नगरले गर्भवती–सुत्केरीसहित समस्यामा परेकालाई निशुल्क यातायात सेवा दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जेसीआई व्यास नगरले गर्भवती–सुत्केरीसहित समस्यामा परेकालाई निशुल्क यातायात सेवा दिने

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०७८, आईतवार

    दमौलीः जेसीआई व्यास नगरले गर्भवती, सुत्केरी, अशक्त तथा दुर्घटनामा परेकाका उद्धारका लागि निशुल्क यातायात सेवा दिने भएकाे छ । कोभिड संकटका कारण एम्बुलेन्स नपाएको गुनासो सुनिएका बेला जेसीआई व्यास नगरले निशुल्क यातायात सेवा दिन लागेकाे हाे ।

    एम्बुलेन्समा जानका लागि जोखिम देखिएका तथा एम्बुलेन्स नै नपाएर समस्यामा परेकाको सेवाका लागि भन्दै क्लबले शनिबारबाट यो सेवा थालेको अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयाे । “मानिसको ज्यान गइरहेको छ, संक्रमित बढिरहेका छन् । ज्यान बचाउन र सुरक्षित अवस्थामा अस्पताल पुर्याउन सेवा थालेका हौं,” उहाँले भन्नुभयाे ।

    No description available.

    क्लबका पदाधिकारी अनुप दाहालले आफ्नो साधन निषेधाज्ञा अवधिभर उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएकाे छ । प्रशासन र व्यास नगरपालिकाले पनि सेवाका लागि अनुमति दिँदै सघाउने प्रतिवद्धता जनाएको छ ।

    क्लबका महासचिव अजर नागिलाले यसका लागि तत्काल क्लब सदस्यबाटै सहयोगको प्रतिवद्धता आए पनि थप शभेच्छुकको साथ अपेक्षा गरेको बताउनुभयाे ।