दमौली अस्पतालमा सघन उपचार कक्षबाट कोरोना सङ्क्रमितको उपचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा सघन उपचार कक्षबाट कोरोना सङ्क्रमितको उपचार

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०७८, आईतवार

    दमाैली : सदरमुकामस्थित दमौली अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमितमध्ये गम्भीर प्रकृतिका सङ्क्रमितलाई सघन उपचार कक्षबाट उपचार सेवा शुरु गरिएको छ । कोरोना सङ्क्रमण भएर अस्पताल भर्ना भएका दुई जनालाई अस्पतालले सघन उपचार कक्षबाट उपचार शुरु गरेको हो ।

    स्वास्थ्यमा समस्या देखिएपछि दुई सङ्क्रमितलाई सघन उपचार कक्षमा सारेर उपचार गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेलले जानकारी दिनुभयो । “अस्पतालमा भएका जनशक्तिबाटै उहाँहरुको उपचार भइरहेको छ, शुरुमा अलिकति स्वास्थ्य समस्या देखिएको थियो, विस्तारै सुधार हुँदैछ,” डा. पौडेलले भन्नुभयो ।

    डा. पौडेलका अनुसार सामान्य कक्ष भन्दा सघन उपचार कक्षमा विशेष प्रकारको उपचार गरिन्छ । सघन उपचार कक्षमा मनिटर, शय्या र प्रविधि फरक हुनुुका साथै हेरचाह पनि बढी हुने उहाँले जानकारी दिनुभयो । सघन उपचार कक्षमा उपचाररत सङ्क्रमितमा अक्सिजनको मात्रा पनि सुधार आएको छ ।

    अस्पतालमा हाल कोभिड कक्षमा २० र सघन उपचार कक्षमा दुई गरी २२ सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालमा हाल पाँच शय्या खाली छ । अस्पतालबाट गम्भीर प्रकृतिका ३५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।