कोरोना सङ्क्रमण : तनहुँका थप चारको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण : तनहुँका थप चारको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०७८, आईतवार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप चारको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार ऑबुखैरेनी, भिमाद, शुक्लागण्डकी र व्यासका एक/एक सङ्क्रमितको मृत्यु भएको हो ।

    ऑबुखैरेनी-२ की ४३ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहॉमा जेठ ४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    भिमाद-९ का ४८ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ। उहॉमा वैशाख ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    शुक्लागण्डकी-७ का ५६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहॉमा वैशाख १९ गत कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    व्यास-२ का ४६ वर्षीय पुरुषको फेवासिटी अस्पतालमा मृत्यु भएको छ । उहॉमा जेठ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    १७ सङ्क्रमित थपिए

    यस्तै आइतबार तनहुँमा १७ कोरोना सङ्क्रमित थपिएका छन् । यो हालसम्मकै थोरै सङ्ख्या हो ।

    थपिनेमध्ये ९ महिला र ८ पुरुष छन् ।