दमौली : व्यास नगरपालिकाले कोरोना सङ्क्रमण भई होम आइसोलेशनमा बसेकालाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने भएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नियमित बैठकले नगरक्षेत्रभित्रका सङ्क्रमितलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन लागेको हो ।
त्यसका लागि नगरपालिकाले सामी परियोजनाका परामर्शकर्ता सङ्गित गुरुङलाई जिम्मेवारी दिएको छ ।
वैदेशिक रोजगारमा रही विदेशमा समस्या परेका तथा घरविदामा आइ विविध कारणवश रोजगारीमा फर्किन नसकेकाका व्यक्तिलाई सामी परियोजनाले आवश्यक परामर्श दिने भएको छ।