समाधान अस्पतालले भन्यो : तत्काल रिपोर्ट चाहिएकालाई निजी ल्याबमार्फत् स्वाब सङ्कलनको व्यवस्था मिलाइएको हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    समाधान अस्पतालले भन्यो : तत्काल रिपोर्ट चाहिएकालाई निजी ल्याबमार्फत् स्वाब सङ्कलनको व्यवस्था मिलाइएको हो

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०७८, आईतवार

    दमाैली : तनहुँको सदरमुकाम दमौलीमा सञ्चालित समाधान अस्पतालले बिरामीलाई तत्काल उपचारका लागि पिसिआर रिपोर्ट आवश्यक परेकाले स्थानीय निजी ल्याब मार्फत् स्वाब सङ्कलनको व्यवस्था मिलाइएको बताएको छ ।

    अस्पतालले पिसिआर परीक्षण नगर्ने बताउँदै अस्पतालले स्वाब सङ्कलनका लागि पोखरा प्रयोगशालामा बुझाउनुपर्ने रकम साथै स्वाब सङ्कलनका लागि प्रयोग गरिने पिपिई, पोशाक, किट, ढुवानी लगायतका शुल्क बापतको रकम अस्पतालले निजी ल्याबलाई भुक्तान गरेको जनाएको छ ।

    पिसिआर परीक्षणका लागि शुल्क सम्बन्धी विषयमा अस्पतालको नाम जोडेर रामाजिक सञ्जालमा टिप्पणी भएपछि अस्पतालका संस्थापक डा. श्रीराम चन्द ठकुरीले आइतबार विज्ञप्ती प्रकाशित गरी शुल्क सम्बन्धी विषयमा अस्पतालको नाम जोडेकामा ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

    “एकसातादेखि अस्पतालको नियमित निगरानीमा रहेका बिरामीलाई पिसिआर परीक्षण गर्नुपर्ने अवस्था आएकाले सरकारी अस्पताल वा स्थानीय पालिकामा निःशुल्क स्वाब परीक्षण हुने जानकारी गराएकामा बिरामीलाई तत्काल रिपोर्ट चाहिएपछि निजी ल्याबबाट स्वाब सङ्कलनको व्यवस्था मिलाइएको हो,” विज्ञप्तीमा भनिएको छ, “सबै रकम निजी ल्याबलाई अस्पतालले भुक्तान गरेको छ ।”

    कोरोना सङ्क्रमणको अवस्थामा बिरामीको स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै अस्पतालले सर्वसुलभ मूल्यमा बिरामीको उपचार गराउँदै आएको जनाउँदै अस्पतालले स्थापनाकालदेखि नै एक सय रुपैयाँमा डाक्टरबाट बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको जनाएको छ ।

    विज्ञप्तीमा अस्पतालको नाम जोडिदै सामाजिक सञ्जालमा गरिएको प्रचारप्रसार आपत्ति जनाउँदै अस्पतालमा निवर्तमान सांसद कलिला खानको लगानी नरहेको समेत प्रष्ट पारेको छ ।