जिपीका चार कर्मचारी निलम्बित, सोधियो २४ घण्टे स्पष्टीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपीका चार कर्मचारी निलम्बित, सोधियो २४ घण्टे स्पष्टीकरण

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७८, सोमबार

    दुलेगाैडा : पिसिआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ ।

    सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाई हुने भन्दै निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने चार कर्मचारीलाई उपचार केन्द्रले निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा सुधन पन्त, आनन्दप्रसाद ढुङ्गाना, विधान तिमिल्सिना र मदन श्रेष्ठ छन् ।

    उनीहरुलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको र उक्त कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म निलम्बन गरिएको उपचार केन्द्रले जानकारी दिएको छ ।

    उपचार केन्द्रबाट हाल प्रदान भइरहेको सेवाको गुणस्तरमा कुनै प्रकारको कमी कमजोरी हुन नदिन प्रशासन प्रतिबद्ध रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । सेवाग्राही तथा सरोकारवालाहरुबाट केन्द्रले सदैव पाइरहेको विश्वास र भरोसा आगामी दिनमा पनि निरन्तर रहने केन्द्रले जनाएको छ ।

    १७ जनासँग पिसिआर रिपोर्टका लागि भन्दै उठाइएको रु तीन हजार गत शुक्रबार फिर्ता गरिएको थियो ।