लायन्स व्यास सिटीको खाद्यान्न अभियान : सोमबार १७ परिवारलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लायन्स व्यास सिटीको खाद्यान्न अभियान : सोमबार १७ परिवारलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७८, सोमबार

    दमौली : लायन्स क्लव अफ तनहुँ व्यास सिटीले शनिबारदेखि शुरु गरेको खाद्यान्न सहयोग अभियान अन्तरगत सोमबार १२ परिवारलाई सहयोग गरिएको छ । क्लवले व्यास नगरपालिकाभित्रका १७ परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

    व्यास-१ का तीन, व्यास-२ का ६, व्यास-३ का एक, व्यास-४ का एक र व्यास-५ का ६ घरलाई खाद्यान्न सहयोग गरेको छ ।

    निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई क्लवले स्थापना गरेको ‘फूड बैङ्क’ मार्फत् सहयोग गरेको क्लवका प्रथम उपाध्यक्ष प्रदीप मल्लले जानकारी दिनुभयो । “हामीलाई खबर प्राप्त भएपछि खाद्यान्न उपलब्ध गराउँछौ,” उहॉले भन्नुभयो, “समस्यामा पर्नुभएका जो कोहीले पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

    यसअघि आइतबार ६ र शनिबार पॉच परिवारलाई क्लवले खाद्यान्न सहयोग गरेको थियो । क्लवले एक हप्ताका लागि पुग्ने खाद्यान्न सहयोग गर्ने गरेको छ । क्लवको यो अभियानलाई दमौलीकै व्यक्तिहरुले सघाउरहेका छन् ।