जेसीआईले घरमै पुगेर दियो यातायात सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जेसीआईले घरमै पुगेर दियो यातायात सेवा

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७८, सोमबार

    दमौली : जेसीआई व्यास नगरले व्यास-१२ गोल्लाकी एक महिलालाई निशुल्क यातायात सेवा मार्फत् पोखरा पुर्याएको छ। गोल्लाकी डलीमाया थापालाई जेसीआई व्यास नगरले उद्धार गरी पोखरा अस्पताल पुर्याएको हो ।

    केही समयदेखि टाउकोको समस्या रहेकी थापालाई उपचारका लागि जान यातायातको समस्या भएको थाहा पाएपछि जेसीआईले घरमै पुगेर उद्धार गरेको अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

    ती महिलालाई शुरुमा रत्नहरी अस्पताल ल्याइएको र थप उपचारका लागि पोखरा पुर्याएर छाडिएको उहॉले बताउनुभयो ।

    जेसीआइले सोमबारमात्रै भानुकी एक गर्भवतीलाई पनि यातायात सेवा उपलब्ध गराएको थियो।