यसवर्षको एसइइ परीक्षा आन्तरिक मूल्यांकन विधिबाट गर्ने मन्त्रिपरिषद्को निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यसवर्षको एसइइ परीक्षा आन्तरिक मूल्यांकन विधिबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७८, सोमबार

    काठमाडौं : सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।

    बैठकमा सहभागी एक मन्त्रीका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रस्ताव अनुसार नै बैठकले उक्त निर्णय गरेको छ ।

    राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।