दमौली : तनहुँको व्यास-१ निवासी मिर्गौला पीडित आशमाया तामाङको उपचारका लागि छाब्दी वाराही बचत तथा ऋण सहकारीले आर्थिक सहयोग गरेको छ।
सहकारीका शेयर सदस्य समेत रहनुभएकी तामाङको उपचारका लागि सहकारीले रु एक लाख ३३ हजार चार सय सहयोग गरेको हो । उक्त रकम मङ्गलबार सहकारीका अध्यक्ष ठाकुर दरैले तामाङकी आफन्त सन्त तामाङलाई हस्तान्तरण गर्नुभयो ।
सहकारीका सदस्य बिरामी भएकाले उपचारमा सहयोग पुर्याउन सहयोग गरिएको सचिव सनम तामाङले बताउनुभयो ।
मिर्गौला पीडित तामाङको उपचारका लागि नवयुवा क्लवले रु १६ लाख १५ हजार एक सय ५० केही दिन अगाडी हस्तान्तरण गरेको थियो ।