तीन पालिकालाई उद्याेग वाणिज्य सङ्घद्वारा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीन पालिकालाई उद्याेग वाणिज्य सङ्घद्वारा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०७८, मंगलवार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घले जिल्लाका तीन पालिकालाई अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घले खडा गरेको कोभिड सङ्कट महाअभियान कोषमार्फत् आँबुखैरेनी र बन्दीपुर गाउँपालिका साथै भानु नगरपलिकालाई अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

    आँबुखैरेनीस्थित आँबुखैरेनी स्वास्थ्यचौकी, बन्दीपुर अस्पताल र भानुस्थित पुरनडिही अस्पताललाई तीन÷तीन थान अक्सिजन सिलिन्डर सहितका सामग्री हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्घले सोमबार दमौली अस्पताललाई पनि ६ थान अक्सिजन सिलिन्डर सहयोग गरेको थियो ।

    सङ्घले सबै अस्पताललाई पिपिई, अक्सिमिटर, फेसशिल्ड, हेडक्याप, थर्ममिटर, डस्टविन लगायतका सामग्री हस्तान्तरण गरेको श्रेष्ठले बताउनुभयो । सङ्घले खडा गरेको कोषमा देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।

    आँबुखैरेनीमा अध्यक्ष गिरबहादुर थापा, बन्दीपुरमा उपाध्यक्ष करुणा गुरुङ र भानुमा वरिष्ठ अधिकृत सुनिल पाण्डे र स्वास्थ्य शाखा प्रमुख एश्वयचन्द्र भट्टराइकाे उपस्थितिमा सामग्री हस्तान्तरण गरिएकाे सङ्घले जनाएकाे छ ।