दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका-३ निवासी मोहनकाजी बतासले रु पॉच हजार सहयोग गर्नुभएको छ । बतासले नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
सञ्चार क्षेत्र र सञ्चारकर्मीको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको बतासले बताउनुभयो । उहाँले यस अघि समेत नेपाल पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणमा सहयोग गर्नुभएको थियो ।
जन्मथलो तनहुँ भएपनि झण्डै दुई दशक देखि हङकङमा वरिष्ठ सेफको रुपमा कार्यतर बतासले तनहुँका विेभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।