५३१६ जनामा संक्रमण पुष्टि, ७२०१ जना संक्रमणमुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ५३१६ जनामा संक्रमण पुष्टि, ७२०१ जना संक्रमणमुक्त

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७८, बुधबार

    काठमाडौं : स्वास्थ तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यो अवधिमा १३ हजार ८ सय ५ जनाको पीसीआर तथा ३ हजार ७३ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको जनाइएको हो ।

    यो अवधिमा पीसीआरतर्फ ४ हजार ५ सय २४ तथा एन्टिजेनतर्फ ७ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १ जना संक्रमितको दुखद निधन भएको छ

    यो अवधिमा ७ हजार २ सय १ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा १४ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये भक्तपुरमा १८१, ललितपुरमा ३०६ तथा काठमाडौंमा ९६९ जनामा संक्रमण पुष्टि भएको हो ।