तनहुँ : तनहुँमा बुधबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
थपिनेमा २३ महिला र ३२ पुरुष रहेका छन् । त्यसमध्ये स्वास्थ्य कार्यालयमा गरिएको एन्टिजेनबाट ६ जना पहिचान भएका हुन् ।
थप दुईको मृत्यु
यसैगरी तनहुँमा थप दुईको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। भिमाद र व्यासका एक/एक जनाको मृत्यु भएको हो।
भिमाद-२ का ४९ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो। उहॉमा जेठ ८ गते कोरोना पुष्टि भएको थियो ।
त्यस्तै व्यास-४ का ६३ वर्षीय पुरुषको दमौली अस्पतालमा मृत्यु भएको छ । उहॉमा जेठ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।