शुक्लागण्डकीका दुई मेडिकल सिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका दुई मेडिकल सिल

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७८, बुधबार

    शुक्लागण्डकीमा सञ्चालित मेडिकलको अनुगमन गरिदै

    दुलेगौडा : शुक्लागण्डकी नगरपालिकाका दुई मेडिकललाई सिल गरिएको छ । तनहुँ प्रशासन र शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार गरेको संयुक्त अनुगमनमा अवैध ठहरिएका दुई मेडिकललाई सिल गरिएको हो ।

    दुलेगौँडा बजारमा सञ्चालित धर्मसेवा मेडिकल हल र फेम्लि मेडिकल हललाई सिल गरिएको शुक्लागण्डकीका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताउनुभयो । आफ्नो क्षेत्राधिकार भन्दा बाहिर अवैध रुपमा बिरामी भर्ना गरी उपचार गराईरहेको अनुगमन टोलीले फेला पारेपछि शिल गरेको उहॉले जनाउनुभयो । यी दुई मेडिकलले बिरामी भर्ना लिई उपचार गर्ने अनुमति नभएपनि बिरामी भर्ना लिएर उपचार गर्दै गर्दा अनुगमन टोलीले फेला पारेको थियो ।

    ‘सात दिन भित्रमा स्पष्टीकरण सहित स्वास्थ्य संस्थामा हाजिर हुने भनेका छौँ । सिडियो कार्यालयको पनि त्यही आदेश छ । उहाँहरुले कस्तो स्पष्टीकरण लिएर आउनुहुन्छ । त्यही अनुसार नगरपालिका समक्ष कारबाहीको सिफारिस गर्छौ’, उहॉले भन्नुभयो ।

    स्वास्थ्य संस्था स्थानीय तह मातहात आएपछि पटक–पटक अनुगमन हुँदै आईरहेको छ । सेवाको वाहनामा जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई कानुनी कारबाही नहुदाँ सञ्चालकहरु सुध्रन चॉहदैनन् ।


    यहाँको बजार क्षेत्रमा सञ्चालित अस्पताल, पोलिक्लिनिक, मेडिकल, फार्मेसी, आयुवेर्दिक फर्मा, ल्याब लगायतका स्वास्थ्य संस्थाको छड्के अनुगमन गरिएको थियो । अनुगमनको सुराकी पाएका केही मेडिकल र फार्मेसी सञ्चालक बन्द गरेर बसेका थिए । अनुगमनमा अधिकांश स्वास्थ्य संस्थाले बिना इजाजत सञ्चालन गरी सेवा दिईरहेको पाईएको स्वास्थ्य शाखाले जनाएको छ ।