महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको पत्र- कारवाही पुष्टि हुने आधार देखिएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको पत्र- कारवाही पुष्टि हुने आधार देखिएन

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७८, बुधबार

    काठमाडौं : निर्वाचन आयोगले जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ ।

    आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै मंगलबार दुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको छ ।

    दुवै अध्यक्षले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली अनुरुप नभएकोले बदर गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।