दमौली : तनहुँ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ र उहॉकी धर्मपत्नी सरु श्रेष्ठले वैवाहिक वर्षगॉठको अवसरमा व्यास-५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गर्नुभएको छ।
२५ औ वर्षगॉठका अवसरमा श्रेष्ठ दम्पत्तिले महिलाले सञ्चालन गरेको आश्रमलाई रु पॉच हजार पॉच सय २५ सहयोग गर्नुभएको हो । उहॉहरुले बिहीबार आश्रमकी सचिव निर्मला मल्ललाई उक्त रकम हस्तान्तरण गर्नुभयो । दिनेश आश्रमको सल्लाहकार र सरु सहसचिव समेत हुनुहुन्छ।
कोरोना कहर र निषेधाज्ञाका कारण आश्रम सञ्चालनमा कठिनाई भइरहेका बेला सहयोगले सहज हुने मल्लले बताउनुभयो ।
विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले गर्ने सहयोगले आश्रम सञ्चालन भइरहेको छ ।