तनहुँ : तनहुँमा बिहीबार थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
थपिनेमध्ये ३३ महिला र ३७ पुरुष छन् । त्यसमध्ये २३ जना एन्टिजेनबाट पहिचान भएका हुन् ।
बिहीबार तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने शुन्य छ । यसअघि दैनिकजसो तनहुँका सङ्क्रमितको पोखरामा मृत्यु हुने गरेको थियो ।