व्यास मुस्लिम सेवा समाजद्वारा कोरोना सङ्क्रमितलाई पौष्टिक आहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास मुस्लिम सेवा समाजद्वारा कोरोना सङ्क्रमितलाई पौष्टिक आहार

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०७८, बिहीबार

    दमौली : व्यास मुस्लिम सेवा समाजले दमौली अस्पतालमा रहेका कोरोना सङ्क्रमितका लागि पौष्टिक आहार उपलब्ध गराएको छ । समाजले बिहीबार अस्पतालमा उपचाररत १९ सङ्क्रमितका लागि पौष्टिक आहार, फलफूल तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

    समाजका अध्यक्ष सिद्धिक मियॉले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको छ । समाजले रु ३५ हजार बराबरको सामग्री हस्तान्तरण गरेको सचिव मनसुर अहमदले जानकारी दिनुभयो ।

    प्रत्येक सङ्क्रमितलाई एक थान च्यननप्रास, एक बोतल मह, फ्रूटी, स्याउ, केराका साथै मास्क उपलब्ध गराइएको छ।

    यसैगरी अस्पतालका लागि पॉच सय थान मास्क, १० थान फेसशिल्ड, पॉच थान पिपिई, १० लिटर स्यानीटाइजर समेत सहयोग गरिएको सचिव अहमदले बताउनुभयो ।

    सामग्री हस्तान्तरण कार्यक्रममा समाजका सदस्य सर्फूदिन मियाँ,रमज़ान अली,नूरमोहम्मद मियाँ,अयुब मियाँ,हबीबुल्ला मियाँ, इब्राहिम मियाँको सहभागिता थियो ।

    अस्पतालका अध्यक्ष अधिकारीले विपद्को घडीमा अस्पताल र सङ्क्रमितका लागि सामग्री उपलब्ध गराएकामा समाजप्रति आभार व्यक्त गर्नुभयो ।