दमौली : तनहुँको व्यास-१२ स्थित लामीडाँडामा रहेको भुजेलगाँउलाई सामाजिक संस्था न्युडे डेस्टिनी सेन्टरले बिहीबार खाद्यान्न सामग्री वितरण गरेकाे छ । संस्थाले स्थापना समयदेखि विपन्न, असहाय र अभावमा परेकालाई सहयाेग गर्दै आइरहेकाे छ ।
कोरोनाका कारण लकडाउनमा परेर जीविका चलाउन समस्यामा परेका १५ परिवारलाई संस्थाका अध्यक्ष सुमन श्रेष्ठले खाद्यान्न सामग्री वितरण गर्नुभएकाे हाे । उहाँले एक बोरा चामल, दाल, नुन, सोयाबिन लगायतका सामग्री हस्तान्तरण गर्नुभयाे ।
“अहिले देशैभरी लकडाउन रहेको छ । कामहरु बन्द छ, गुजारा गर्न गाह्राे परेकाले सहयोग गरेको हुँ,” श्रेष्ठले भन्नुभयाे ।
खाद्यान्न पाएपछि भुजेल परिवार खुशी भएका छन् । स्थानीय जसबहादुर भुजेलले खाद्यान्न सहयाेग गरेकामा धन्यवाद दिनुभयाे । साे अवसरमा संस्थामा सदस्यहरु बिसर्जन पौडेल र राजेन्द्र परियारकाे उपस्थिति थियाे ।