काठमाडौं : अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । यद्यपि कति डोज भन्न खुलेको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयाे, ‘नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भइसकेको छ । अंक चाँहि तोकेको छैन ।’
यसअघि यही शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप दिन आग्रह गर्नुभएकाे थियाे । राष्ट्रपति भण्डारीले भारत, चीन, बेलायत, अमेरिका र रसियाका राष्ट्र प्रमुखसँग खोप उपलब्ध गराइदिन भन्दै पत्र पठाउनुभएकाे थियाे ।