कारवाहीमा पर्नुभएका सांसद थापाद्वारा गाडी फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कारवाहीमा पर्नुभएका सांसद थापाद्वारा गाडी फिर्ता

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७८, शुक्रबार

    पोखरा : सांसद पदबाट निस्कासित भएपछि राष्ट्रिय जनमोर्चाका पूर्व सांसद कृष्ण थापाले आफ्नो गाडी फिर्ता गर्नुभएको छ । प्रदेश मामिला समिति सभापतिको रूपमा उहॉले पाएको गाडी शुक्रबार फिर्ता गर्नुभएको हो।

    उहॉले नदीपुरस्थित प्रदेश सभा सचिवालयमा लगेर गाडी बुझाउनुभएको छ। पार्टी निर्णय विपरीत गएको भन्दै उहॉको सांसद पद खारेज गरिएको हो । सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद सचिवालयलाई पत्र पठाउनभएको थियो । संसद सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ । 

    उहॉलाई पार्टी विपरीत काम गरेको भन्दै १ वर्षका लागि साधारण सभाबाट निस्कासित गर्नुका साथै केन्द्रीय कमिटिबाट हटाएर, संसदीय दलको नेताबाट पनि अपदस्त गरिएको छ ।

    गण्डकी प्रदेश सभामा सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अहिले आफैं विभाजित भएको थियो। सांसद कृष्ण थापा मुख्यमन्त्री गुरुङकै पक्षमा उभिएका थिए भने २ सांसद विरुद्धमा ।