कोरोना सङ्क्रमण : तनहुँका दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण : तनहुँका दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७८, शुक्रबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद र शुक्लागण्डकीका सङ्क्रमित छन् । दुवै जनाको पोखरास्थित अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    भिमाद–५ का ४३ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा जेठ ११ गते सङ्क्रमण पुष्टि भएको थियो ।

    शुक्लागण्डकी–४ का ४२ वर्षीय पुरुषको फेवासिटी अस्पतालमा मृत्यु भएको छ । उहाँमा जेठ १७ गते सङ्क्रमण पुष्टि भएको थियो ।

    तनहुँमा थपिए ४९ सङ्क्रमित

    यसैगरी शुक्रबार तनहुँमा ४९ जना सङ्क्रमित थपिएका छन् । २१ महिला र २८ पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।