तनहुँ : व्यास नगरपालिका–११ ओडारेका चेपाङ समुदायलाई शुक्रबार खाद्यान्न सहयोग गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलाना जापान र अष्ट्रेलियामा बस्दै आएका व्यक्तिहरुको सहयोग र निरु गौतम न्यूज नेपालको समन्वयमा चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको हो ।
ओडारेका ३९ घरपरिवारलाई १ बोराचामल, २ किलो दाल, नुन, तेल, साबुन, सोयाविन प्रदान गरिएको निरु गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार जापान स्थित राजु र कमला केसीका स्वर्गीय बुवा पूर्णबहादुर खत्री र जापान स्थित बेलु र उमा बस्नेतका स्वर्गीय आमा भुमा कुमारी बस्नेतकोसम्झनामा चेपाङ समुदायका लागि रकम सहयोग गरेका हुन् ।
त्यस्तै अष्ट्रेलिया स्थित अधिकारी, सोनु थापा, दिपिका प्याकुरेल र सविता प्याकुरेलको स्वर्गीय हजुरबुवा हरिबहादुर थापा र स्वर्गीय हजुरआमा सुधा थापाको सम्झनामा खाद्यान्न प्रदान गर्न रकम सहयोग गर्नुभएको हो
लामो समय भएको निषेधाज्ञाले चेपाङ समुदायना खानेकुरा अभाव भएको अवस्थामा खाद्यान्न सामग्रीले उनीहरुको टेवा पुग्ने व्यास-११ का वडाध्यक्ष निर बहादुर खड्काले बताउनुभयो । कोभिड महामारीको अवस्थामा स्वास्थ्यसबैभन्दा महत्वपूर्ण भएकाले सचेत र स्वास्थ्यमा ध्यान दिन चेपाङ समुदायलाई वडाध्यक्ष खड्काले बताउनुभयो ।
वैदेशिक रोजगारीमा रहेका उहाँहरुको सहयोगले विपन्न परिवारको भोक टर्ने हुँदा यहाँका चेपाङ समुदायलाई छनोट गरी सामग्री प्रदान गरिएको न्युज नेपालका सम्पादक कल्पित सुवेदीले जानकारी दिनुभयो ।