जॉदाजॉदै प्रदीप ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जॉदाजॉदै प्रदीप ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०७८, शनिबार

    काठमाडौ: परराष्ट्र मन्त्रीबाट बाहिरिएपछि प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहॉले करिब सवा तीन वर्ष मन्त्री पदबाट बाहिरिँदा आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको जानकारी दिनुभएको छ ।

    उहॉले आफूलाई परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गर्नुभएको छ । ‘करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु’, उहॉले सामाजिक सञ्जालमार्फत् भन्नुभएको छ, ‘यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु।’

    उहॉले परराष्ट्र मन्त्रीका रुपमा आफूलाई सहयोग गर्नेहरुलाई पनि धन्यवाद दिनुभयो । ‘मेरो कार्यकालमा प्रदर्शित टिम स्पिरिट एवम् परिवार-सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (हाल मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु’, उहॉले भन्नुभयो, ‘समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत बहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधि तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ।’

    सम्पत्ति विवरण

    ज्ञवालीले साढे ३ वर्ष मन्त्री हुँदाको अवधिमा आफूले विदेश भ्रमण वापदको लेबी ३ लाख १४ हजार ९३० बुझेको उल्लेख गर्नुभयो ।

    उहॉले ती दुवै लेभीसहित जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ नेकपा एमालेको खातामा जम्मा गरेको र आफ्नो पारिश्रमिकको करकट्टी बापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको उल्लेख गर्नुभयो ।

    उहॉले अहिले आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको जनाउनुभयो ।