तनहुँ : म्याग्दे-३ धयरे घर भई हाल व्यास–२ दमौलीमा व्यवसाय गर्दै आउनुभएका रमेश वाग्ले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा रकम सहयोग गर्नुभएको छ ।
घिमिरेले कोषका लागि ५ हजार १ सय सहयोग गर्नुभएको हो । नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष एवं सल्लाहकार डम्बरबहादुर अधिकारीलाई उहाँले सहयोग रकम शनिबार हस्तान्तरण गर्नुभएको हो ।
व्यास–२ सफासडकमा पुष्पाञ्जली किराना पसल सञ्चालक घिमिरले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । जिल्लाको संचार क्षेत्रको विकासमा खर्च हुने कोषका लागि आफूले सहयोग गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १२ औं साधारणसभाबाट पारित भएको १२ बुँदे घोषणापत्रमा पत्रकार कल्याणकारी कोष स्थापनाका लागि जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी, निजी तथा नागरिक संघसंगठनहरुसँग सहयोगका लागि अपिल गर्ने प्रस्ताव पारित गरेको थियो ।