पत्रकार कल्याणकारी कोषमा ७७ हजार बढी सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार कल्याणकारी कोषमा ७७ हजार बढी सङ्कलन

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७८, शनिबार

    तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा ७७ हजारभन्दा बढी सङ्कलन भएको छ । शाखाको जेठ १ गते बसेको बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेसँगै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग सङ्कलन जुट्न शुरु भएको छ ।

    स्थापनाको छोटो समयमै कल्याणकारी कोषका लागि सकारात्मक प्रतिक्रिया प्राप्त भएको शाखाका अध्यक्ष उज्वल पौडेलले बताउनुभयो । “ जिल्लाका सञ्चारकर्मीलाई समस्या पर्दा सघाउने उद्धेश्यले कोष खडा गरेका हौ,” पौडेलले भन्नुभयो, “जिल्लाका विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गर्ने क्रम शुरु भएको छ ।”

    नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको १२ औं साधारणसभाले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने प्रस्ताव पारित गरेको थियो ।

    शाखाका अनुसार कल्याणकारी कोषका लागि हालसम्म सबैभन्दा बढी अमेरिकाको मेरिल्याण्डस्थित अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले रु २५ हजार ५ सय ५५ सहयोग गर्नुभएको छ । “यो अभियानमा सहयोग गर्न सबैलाई आव्हान गर्छु,” पौडेलले भन्नुभयो।