दमौली: कोभिड कहर र निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारलाई लायन्स क्लव अफ तनहुँ व्यास सिटीले खाद्यान्न वितरण गर्ने कार्य जारी छ ।
क्लवले नगर क्षेत्रभित्रका विपन्न तथा ज्यालामजदूरी गर्ने परिवारलाई फूड बैङ्कमार्फत् खाद्यान्न वितरण गरेको हो । फूड बैङ्कमार्फत् ८० परिवारलाई खाद्यान्न वितरण गरिएको क्लवका अध्यक्ष कुमार मल्लले जानकारी दिनुभयो ।
सो अभियान अन्तर्गत शनिबार व्यास-१२ पालिङ्गमा ८ घरपरिवार र कमलबारीमा २ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ। क्लबका अध्यक्ष कुमार मल्ल, प्रथम उपाध्यक्ष प्रदीप मल्ल, सहसचिव शान्ता बास्तोला, सक्रिय सदस्यहरु ब्रजेश शाह र मोहम्मद अलिको उपस्थितिमा खाद्यान्न सहयोग गरिएको हो।
“हामी विपन्न परिवारको घरमा चुलो बाल्नको लागि यो निषेधाज्ञामा फूड बैङ्क मार्फत सहयोग गर्ने अभियानमा छौ,” मल्लले भन्नुभयो । उहॉका यो अभियान निषेधाज्ञा अवधिभर चल्नेछ ।
क्लवका प्रथम उपाध्यक्ष प्रदीप मल्लले एक हप्ताका लागि पुग्ने खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो । क्लवको यो अभियानमा दमौलीकै व्यक्तिहरुल सघाएका छन् ।
तस्वीर : प्रकाश अधिकारी