ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७८, आईतवार

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एकजना गम्भीर घाइते भएका छन् ।

    शनिबार बेलुका करिब पौने ८ बजे भरतपुर महानगरपालिका–२९, घुमाउनेमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना५ख ८१५५ नम्बरको (सिमेन्ट लोड) ट्रक र विपरीत दिशाबाट आइरहेको बा४८प ८८३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

    दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर–१० का विनोद अधिकारीको उपचारको क्रममा साढे ८ बजे भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    मोटरसाइकलको पछाडि सवार भरतपुर–२९, जुगेडीका मनोज थापा क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ । (बाह्रखरीबाट)