


दमाैली : तनहुँको ऋषिङ गाउँपालिका–१ हुप्सेटारमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते छन् ।
व्यास नगरपालिका–५ पाटनबाट ऋषिङतर्फ जाँदै गरेको ग ११ प ५५०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने २८ वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार श्रेष्ठलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका–३ देउरालीनगरकै २४ वर्षीय सागर थापा घाइते भएका छन् । उनको पोखरास्थित चरक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।