


दमाैली : व्यास नगरपालिका-४ स्थायी घर भई हाल अमेरिकाको न्यूयोर्क निवासी सुवास गुरुङले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा सहयाेग गर्नुभएकाे छ ।
गुरुङले कल्याणकारी कोषका लागि रु १० हजार ५ सय ५५ सहयाेग गर्नुभएकाे हाे । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई आइतबार सहयोग रकम हस्तान्तरण गर्दै गुरुङले जिल्लाको सञ्चार क्षेत्रका विकासमा खर्च हुने कोषका लागि सहयाेग गर्न पाउँदा खुशी लागेकाे बताउनुभयाे ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको १२ औं साधारणसभाले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने प्रस्ताव पास गरेको थियाे । साेही बमाेजिम हालसम्म करिब रु एक लाख सङ्कलन भएकाे महासङ्घका अध्यक्ष उज्वल पाैडेलले जानकारी दिनुभयाे ।