स्वास्थ्यकर्मी बनेर लागुऔषध ओसारपसार !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    स्वास्थ्यकर्मी बनेर लागुऔषध ओसारपसार !

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७८, आईतवार

    तनहुँ : निषेधाज्ञाका बेला स्वास्थ्यकर्मी बनेर लागुऔषध ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् । कोरोना नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञामा स्वास्थ्यकर्मी बनेर लागुऔषध ओसारपसार गर्ने दुई जना तनहुँको आँबुखैरेनीबाट पक्राउ परेका हुन् ।

    मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको प्रदेश ३–०२–००२ प ६९०० नम्बरको मोटरसाइकललाई आँबुखैरेनी–४ बेनीटारमा चेकजाँच गर्दा नक्कली स्वास्थ्यकर्मी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा व्यास नगरपालिका–१२ घासीकुवा स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ पाङ्कोट बस्ने २६ वर्षीय उमेश खत्री र गोरखा आरुघाट गाउँपालिका–१ स्थायी घर भई सोही नगरपालिका–७ सतिपिपल बस्ने २४ वर्षीय पूर्णसिं गुरुङ पक्राउ परेका छन् ।

    निजहरुले अर्याल मेडिकल हल नयाँबजार गोरखाका पूर्णसिं गुरुङको नामको परिचयपत्र भिरेका थिए । प्रहरीले उमेश खत्रीले फेन्सी झोलाभित्र राखी शरीरको कपडाभित्र लुकाएको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । प्रहरीका अनुसार डाईजेपाम ९४, फेनरागन ९४ र नुफिन ९६ गरी जम्मा २ सय ८४ एम्पुल लागुऔषध बरामद गरिएको छ । साथै मोटरसाइकल चालकबाट चार थान सिरिन्ज समेत बरामद गरिएको छ ।

    पक्राउ परेका दुवै विरुद्ध आज जिल्ला अदालतबाट म्याद थप गरी अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।