


घिरिङ: तनहुँको घिरिङ गाउँपालिका–३ मा ५३ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा पोजेटिभ आएको छ । समुदायस्तरमा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले गरेको परीक्षणमा एक जना पुरुषमा मात्रै पोजेटिभ आएको हो ।
समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि स्वास्थ्यको टोली आफै एन्टिजेन परीक्षणका लागि समुदायमा पुगेको छ । उक्त वडाका ३५ पुरुष र १८ जना महिलाको एन्टिजेन परीक्षण गरिएको थियो । सोही अवसरमा स्वास्थ्य परीक्षण समेत सम्पन्न भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।