दमौली : हिमानी ट्रष्ट तनहुँले व्यास नगरपालिका-४ का विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। निषेधाज्ञाका कारण चुल्हो बाल्न समस्यामा परेका उक्त वडाका ११ घरपरिवारलाई ट्रष्टले सोमबार खाद्यान्न वितरण गरेको हो ।
ट्रष्टका संयोजक उज्वल भट्टराईका अनुसार ती परिवारलाई चामल, तेल, नुन, अण्डा लगायतका सामग्री वितरण गरिएको छ । ट्रष्टले सोमबार नै कमलाबारी र ऑबुखैरेनीमा पनि खाद्यान्न वितरणको तयारी गरेको छ ।