दमौली : दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमण फैलिएपछि व्यासमा १ हजार १ सय ९९ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको छ। नगरपालिकाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ५९८ महिला र ६०१ पुरुषमा कोरोना परीक्षणका लागि पिसिआर तथा एन्टिजेन गरिएको छ।
त्यसमध्ये ६५२ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिनुभयो । नगरपालिकाका ३१६ महिला र ३३६ पुरुष सङ्क्रमित भएका छन् । हालसम्म ४४५ सङ्क्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ। नगरपालिकामा हाल १८९ सक्रिय सङ्क्रमित छन् । त्यसमध्ये १५९ होम आइसोलेशन तथा ३० जना सामुदायिक आइसोलेशनमा छन्।
४१ जनाको रिपोर्ट आउन बॉकी रहेकाले सुरक्षित रहन आग्रह गर्दै सोतीले होम आइसोलेशनका सङ्क्रमितलाई अप्ठ्यारो भएको खण्डमा वडामा खटिएका स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न वा सामुदायिक आइसोलेशन/अस्पतालमा भर्ना हुन आग्रह गर्नुभयो ।