तनहुँ : तनहुँमा ७० सहित गण्डकी प्रदेशमा थप ७९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
तनहुँमा ३० महिला र ४० पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी गोरखामा १९६ जना सङ्क्रमित थपिएका छन् भने म्याग्देमा २६ जना थपिएका छन् ।
थप १७ सङ्क्रमितको मृत्यु
तनहुँका एक सहित गण्डकीमा थप १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । शुक्लागण्डकी-४ का ४३ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो। उहॉमा जेठ १६ गते कोरोना पुष्टि भएको थियो ।