व्यासलाई उद्योग वाणिज्य सङ्घको अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासलाई उद्योग वाणिज्य सङ्घको अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०७८, सोमबार

    दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घले व्यास नगरपालिकालाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान २०७८ मार्फत् नगरपालिकालाई चार थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सोमबार उक्त सामग्री हस्तान्तरण गर्नुभयो । सङ्घले नगरपालिकालाई आठ थान पिपिई, एक थान अक्सिमिटर, २५ थान फेसशिल्ड, ५० थान हेडक्याप, एक थान थर्ममिटर, १५ पोका मास्क, स्यानीटाइजर, डस्टविन, गमबुट लगायतका सामग्री उपलब्ध गराएको छ ।

    सङ्घले जिल्लाका विभिन्न पालिका र अस्पताललाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरिरहेको छ । यसअघि म्याग्दे गाउँपालिकालाई तीन थान अक्सिजन सिलिन्डर, दमौली अस्पताललाई ६ थान अक्सिजन सिलिन्डर, बन्दीपुर अस्पताललाई तीन थान, आँबुखैरेनी स्वास्थ्यचौकीलाई तीन थान र पुरनडिही अस्पताललाई तीन थान अक्सिजन सिलिन्डर सहयोग गरिएको श्रेष्ठले बताउनुभयो ।

    नगरप्रमुख न्यौपानेले सबैको सामूहिक प्रयासले कोभिड नियन्त्रण गर्न सकिने बताउँदै सहयोगका लागि सङ्घप्रति आभार व्यक्त गर्नुभयो ।