निवर्तमान सांसद श्रेष्ठको सिफारिसमा मन्त्रालयबाट ८९ लाख विनियोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निवर्तमान सांसद श्रेष्ठको सिफारिसमा मन्त्रालयबाट ८९ लाख विनियोजन

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०७८, सोमबार

    तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न योजनामा ८९ लाख बजेट विनियोजन गरेको छ । पर्यटन तथा संस्कृति लक्षित तनहुँका विभिन्न स्थानीय तहमा निर्माण हुने योजनाका लागि मन्त्रालयबाट बजेट विनियोजन भएको हो ।

    व्यास नगरपालिका–८ स्थित पुलिमराङ सहिद शान्ति पार्कका लागि रु ४२ लाख, भानु नगरपालिका–१२ स्थित रक्तकाली मन्दिर संरक्षणका लागि रु १० लाख, व्यास नगरपालिका–४ स्थित कवरस्थान संरक्षण तथा पूर्वाधार निर्माणका लागि रु १० लाख विनियोजन भएको छ ।

    त्यस्तै भानु नगरपालिका–६ स्थित शिवालय मन्दिर पूर्वाधार निर्माणका लागि रु ७ लाख, भानु नगरपालिका–१२ स्थित चन्द्रावती शिवालय मन्दिर संरक्षण समितिका लागि रु १० लाख र देवघाट गाउँपालिका–४ स्थित प्याउलीगढी संरक्षणका लागि रु १० लाख बजेट विनियोजन भएको छ ।