तनहुँमा आज र भोलि ६२-६४ उमेरकालाई भेरोसेल खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा आज र भोलि ६२-६४ उमेरकालाई भेरोसेल खोप

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०७८, मंगलवार

    तनहुँ : तनहुँमा आज र भोलि ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप लगाउने भएको छ । जिल्लाका दश वटै स्थानीय तहमा उक्त उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको हो ।

    स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार जिल्लामा ४ हजार ९ सय डोज खोप प्राप्त भएको छ। हरेक स्थानीय तहका वडास्तरमै खोप लगाउने व्यवस्था मिलाइएको छ । जिल्लाभर ९९ खोपकेन्द्र कायनम गरिएको छ । व्यासमा मात्रै २२ वटा खोपकेन्द्रबाट खोप लगाइनेछ ।

    खोप उपलब्धताका आधारमा ६४, ६३ र ६२ वर्षका नागरिकहरुलाई खोप लगाउन लागिएको हो भने ६०, ६१ र पहिला छुट भएका ६५ वर्षका नागरिकहरुलाई खोप उपलब्ध भएपछि लगाइनेछ ।