२४ घण्टामा ४ हजार ३४४ संक्रमित थपिए, ५ हजार ७६८ जना डिस्चार्ज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा ४ हजार ३४४ संक्रमित थपिए, ५ हजार ७६८ जना डिस्चार्ज

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०७८, बुधबार

    काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको  १२ हाजर ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६४ एन्टिजेन परीक्षणमा  ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।